• Friday 30th of January 2026 ,

प्रचारप्रसारलाई तीब्रता दिंदै लुम्बिनी प्राविधिक विश्वविद्यालय

19 Mar 2024 Admin
प्रचारप्रसारलाई तीब्रता दिंदै लुम्बिनी प्राविधिक विश्वविद्यालय

लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको यस लुम्बिनी प्राविधिक विश्वविद्यालयले २०८१ वैशाख देखि स्नातकोत्तर तह M.Tech in IT मा भर्ना लिने भएको छ।

फागुन २९ गते बाँके जिल्लाको बैजनाथ १ स्थित सुर्योदय माध्यमिक विद्यालय र बैजनाथ २ स्थित जनता आदर्श माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई उत्तिर्ण गरेपछि प्राविधिक शिक्षा साथै आगामी शैक्षिक योजना बारे कुन विषय कहाँ अध्ययन गर्दा रोजगारीमा सहज कसरी हुने बारे लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव श्री रेग बहादुर भण्डारीज्यूले प्राविधिक शिक्षा बारे विद्यार्थीहरूलाई जानकारी दिनुभएको थियो।

विश्वविद्यालयको प्रचारप्रसार तिब्रता दिदैं बाँके जिल्लाबाट सुरु गरेको यो अभियान लुम्बिनी प्रदेशको सबै जिल्लामा पुग्ने लक्ष्य रहेको छ । त्यसै गरी चैत्र ४ गते ज्ञानोदय मा. वि. खजुरा, बाँकेमा  ७१ जना १२ अध्ययनरत विद्यार्थीहरू र चैत्र ५ गते प्रभात मा.वि. बैजनाथ-०५, बाँकेमा ६६ जना विद्यार्थीको उपस्थितिमा विश्वविद्यालयको बारेमा थप जानकारी दिदैं यस विश्वविद्यालयका कुलसचिव श्री रेगबहादुर भण्डारीज्यू र सेवा आयोगका विज्ञ सदस्यज्यू प्रा. डा. कृष्णप्रसाद घिमिरेज्यूद्वारा कार्यक्रम सम्पन्न भयो।

यस विश्वविद्यालयले आगामी शैक्षिक सत्र देखि स्नातक तहमा थप Civil Engineering , Urban Development, Agriculture, IT Engineering का विषयहरूमा पढाई सञ्चालन  गरिने साथै कक्षा १२ उत्तिर्ण गरेका न्युनतम सि ग्रेड प्राप्त जुनसुकै विषयमा उत्तिर्ण गरेका विद्यार्थीहरूले आफ्नो सुनौलो भविष्यका लागी बि टेक ईन आईटि र Urban Development मा भर्ना लिने कुलसचिव भण्डारीज्यूले जानकारी दिनुभयो।

Related News